सुनसरी | इलामको कन्याममा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन् । एक महत्त्वपूर्ण घुम्ने स्थान हो जुन यस समयमा पर्यटकको माझ आकर्षक बनेको छ ।
इलाम जिल्लाको सूर्योदय नगरपालिकामा रहेको कन्याम मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । यो पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो ।
पछिल्लो समयमा माघ फागुन चैतको समयमा वनभोज खाने विद्यार्थी तथा पर्यटक झापा, मोरङ्ग, सुनसरी लगायतका जिल्लाबाट आउने गरेका छन् । छिमेकी देश भारतबाट समेत आउने गरेका छन् । गर्मीको समयमा यहाँ गर्मी छल्न ठूलो सङ्ख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन् ।
बाहिरबाट आएका धेरै पर्यटकहरू इलाम आएर पनि कन्यामबाट नै फिर्ने गरेका छन् । तराई र राजधानी लगायतबाट इलाम पस्दा सवैभन्दा पहिला कन्याम आउने भएकाले पनि धेरैलाई जिल्लाको प्रमुख पर्यटकिय गन्तब्य कन्याम नै लाग्नु स्वाभाविक छ । चियावारीको जिल्ला इलाम, कन्याममा पनि ठुलो चियावारी छ । हेर्दा पनि हरियाली अनी सुन्दरताले कन्याम धेरै पर्यटकहरूको गन्तब्य बनेको छ ।
घुम्न जानेहरुका लागि कन्याम पछिल्लो समय टिकटक बनाउने स्थलको रुपमा परिचित बन्दै गएको छ । बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने यो स्थलमा भारतको दार्जिलिङ, सिक्किम, मिरिक, कालेङपोङ, करसाङ, सिलगुढी लगायतका शहर र नेपालका झापा मोरङ उदयपुर , काठमाडौं , सुनसरी , इटहरी लगाएतका विभिन्न जिल्लाबाट यहाँ पयर्टकहरु आउछन् ।
यो पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो । छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो संख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन् । यहाँबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिन्छ ।

यहाँ विभिन्न विद्यालयहरूबाट विद्यार्थीहरूलाई शैक्षिक भ्रमणका लागि पनि आएर वनभोज खाने , झापाका फाँटहरु पनि हेर्ने, दृश्य क्यामरामा कैद गर्न र युवायुवतीहरुले पछिल्लो समयमा आ-आफ्ना जातीय पहिरनमा टिकटक बनाउने गरेका छन् ।

कोरोना महामारी पछि कन्याममा स्काइ वाकका टावर सञ्चालन भएसँगै व्यापार व्यवसाय केही मात्रमा फस्टाएको व्यावसायि बताउछन् । इलामको कन्याममा स्काइ वाकका लागि टावर निर्माण गरिएकाे छ । नयाँ नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यकाे विकास भइरहेकाे समयमा नेपालमा पहिलाेपटक स्काइ वाक सुरू हुन लागेकाे हाे ।
यो स्काइ टावर ३ स्टेपमा बनेको छ । दुई वटा स्टेप चढेर माथि पुगेपछि त्यहाँ पारदर्शी सिसा जडान गरिएको छ । सिसामा उभिँदा आकाशमै उभिएजस्तो महसुस हुने गरेको छ । कन्याम अर्को घुम्न आउने मानिसहरूले घोडा चढेर मनोरञ्जन लिन सक्छन्। दिनहुँ आउने आन्तरिक पर्यटकले घोडा चढेर मनोरञ्जन लिन सक्छन् । कन्याममा पिकनिक र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटकले घोडा चढ्ने गरेका छन् ।
टावरबाट पूर्वी नेपालका १६ जिल्ला, कन्याम वरिपरि चिया बगान, हिमाल, रमणीय डाँडाकाँडा, कंचनजंघा हिमालदेखि दार्जिलिङ सिलिगुढीसम्मका रमाइला दृश्य, सूर्योदय र सूर्यास्त दुवै देख्न सकिनेछ । नेपाल भ्रमण वर्ष– २०२० घोषणा पर्यटक स्थल घोषणा गरेको थियोे ।