सुनसरी / इटहरी – २ हलगढामा सफारीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
आइतबार बिहान ११ बजे तरहराबाट इटहरी जाँदै गरेको को १ ह ५६०५ नम्बरको सफारीले पैदलयात्रीलाई ठक्कर दिँदा स्थानीय ६८ वर्षीया पुण्यमाया काफ्लेको निधन भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
सफारीको ठक्करबाट गम्भीर घाइते भएकी काफ्लेको बिराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनापछि सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको इटहरी प्रहरीले जनाएको छ ।