देशकोशी प्रदेशओखलढुंगामा चट्याङ लागेर एक युवतीको मृत्यु

ओखलढुंगामा चट्याङ लागेर एक युवतीको मृत्यु

सुनसरी / ओखलढुंगामा चट्याङ लागेर एक जना युवतीको मृत्यु भएको छ ।

चम्पादेवी गाउँपालिका- ६ भदौरेकी २० वर्षीया शर्मिला कार्कीको ज्यान गएको छ । चट्याङमै परी अर्की १३ बर्षिया बालिका अरुणा कार्की भने घाईते भएकी छन् ।

आज शुक्रबार दिउँसो उनीहरु दुवैजना खेतमा गहुँ काटिरहेको बेला दिउँसो ४ बजेतिर पानीसँगै परेको चट्याङले लाग्दा उनीहरु घाइते भएका थिए । उनीहरुको तत्काल उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी रानीबनमा उपचारकै क्रममा शर्मिलाको ज्यान गएको प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । अरुणा भने सामान्य अवस्था रहेकी छन् ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img