Monday, January 13, 2025
देशकोशी प्रदेशइटहरीमा नयाँ घर बनाउँदा उपमहानगरले नै नक्सा बनाइदिने

इटहरीमा नयाँ घर बनाउँदा उपमहानगरले नै नक्सा बनाइदिने

सुनसरी / आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी इटहरीमा अबदेखि नयाँ घर बनाउँदा उपमहानगरपालिकाले नै नक्सा बनाइदिने भएको छ ।

भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको छ ।
इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको बताएका छन् ।

भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरूक बनाउन उपमहानगरपालिकाले नै चाहे अनुसारको नक्सा बनाइदिन लागेको मेयर पौडेलले बताएका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img