सुनसरी : इटहरीमा डुवानलाई मध्यनजर गर्दै विपद जाेखिम न्युनिकरण तथा पुर्वतयारी सम्बन्धी दिन दिने तालिम सम्पन्न भएकाे छ ।
गत ज्येष्ठ २३ गते देखि युवा स्राेत विकास तथा तालिम केन्द्र केन्द्र इटहरीमा सुरु भएकाे कार्यक्रम ज्येष्ठ आज सम्पन्न भएकाे तालिममा हरेक बर्ष डुवान हुने इटहरीमा वाढी तथा डुवानबाट कसरी बच्ने भन्नेबारेमा प्रशिक्षण दिईएकाे थियाे ।
सो तालिममा इटहरी उपमहानगरपालीका वातावरण ईन्जिनियर युगदिप लुईटेल , निराजन खड्का र सोनु जयन्ती प्रशिक्षण दिएका थिए ।
खासगरी इटहरी वडा नम्बर ८ लक्षित उक्त तालिममा इटहरी ८ का प्रत्येक टाेलवाट २ जना प्रतिनिधीकाे उपस्थिती रहेका थिए ।
तालिममा विभिन्न टाेलबाट उपस्थित मानिसहरुले आफ्नाे टाेलकाे समस्याकाे टिपाेट गरेका थिए । सो टिपाेट वडा कार्यलय हुँदै इटहरी उपमहान सम्म पुर्याउने र नीति निर्माणमा सहयाेग पुर्याउने युवा स्राेत विकास केन्द्रका सदस्य नवल रिजालले बताए ।
इटहरी भरी नै वाढीकाे समस्या बर्षाै देखि रहदै आएकाले गर्दा वाढी वाट हुने क्षति कम हाेस् भनेर तालिमकाे आयाेजना गरीएकाे युवा स्राेत विकास केन्द्र इटहरीका कार्यकारी निर्देशक निराजन खड्काले बताए ।