देशकोशी प्रदेशझापामा न्वारानको भोज खाएर २७ जना स्थानीयहरु बिरामी

झापामा न्वारानको भोज खाएर २७ जना स्थानीयहरु बिरामी

सुनसरी : झापाको मेचिनगरमा न्वारानको भोज खाएर २७ जना स्थानीयहरु बिरामी भएका छन् ।

मेचीनगर- ९ माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि बिरामीहरुको स्थानीय मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ । भोजमा रहेको परिकारमा अखाद्य पदार्थ मिसावट हुँदा फुड पोइजनका कारण स्थानीयहरु बिरामी भएको अस्पतालले जनाएको छ ।

स्थानीयहरुमा बान्ता हुने, ज्वरो आउने तथा पखाला चल्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले भोलिसम्म डिस्चार्ज हुने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img