देशकोशी प्रदेशकोशी प्रदेशमा बाढीले बगाएर पाँचको मृत्यु, २८ बेपत्ता ,२० घर बगायो

कोशी प्रदेशमा बाढीले बगाएर पाँचको मृत्यु, २८ बेपत्ता ,२० घर बगायो

सुनसरी : शनिबार रातिको अविरल वर्षाले कोशी प्रदेशका पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, संखुवासभा लगायत जिल्लामा ठुलो क्षति पुर्‍याएको छ ।

हालसम्म पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरमा दुई, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा एक-एकजना रहेको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ ।

बाढीमा २८ जना बढ बेपत्ता भएका छन् । सबैभन्दा धेरै संखुवासभामा २० जना हराइरहेका छन् । हराएकामध्ये अधिकांश संखुवासभास्थित सुपर हेवा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी र मजदुर रहेका छन् ।

पाँचथरमा पाँचजना र ताप्लेजुङमा तीनजना हालसम्म बेपत्ता छन् । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कोशीका विभिन्न जिल्लामा २० घर बगाएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img