सुनसरी : इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहराको बहुभाषी खेल मैदानमा इटहरीका हेमकर्ण पौडेल खुल्ला व्यायामशाला उद्घाटन गरेका छन् ।
इटहरी वडा नम्बर २० तरहरामा स्थित बहुभाषी खेल मैदानमा इटहरी उपमहानगरपालिकाको आन्तरिक स्रोत तथा उपभोक्ताको लागत तथा सहभागिता सहित ”स्वच्छ मानसिकता,सफा मन व्यायामसालानै दैनिक जीवन” नारा सहित खुल्ला ब्यायामशाला इटहरीका मेयर हेमकर्ण पौडेल र इटहरी २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले उद्घाटन गरेका छन् ।
इटहरी उपमहानगरपालिकाको १० लाख र स्थानीय उपभोक्ताको लागत साझेदारी बापतको १ लाख ३ हजार ३ सय ७८ रुपैया ५७ पैसा गरि ११ लाख ३ हजार ३ सय ७८ रुपैया ५७ पैसाको लागतमा खुल्ला व्यायामशाला निर्माण गरिएको हो ।
स्वस्थ्य जिवनका लागि शारीरिक व्यायाम अत्यावश्यक भएकाले मेयर पौडेलले स्थानीय सरकारले खुल्ला सार्वजनिक खेल मैदानको संरक्षण गर्दै इटहरीका सबै वडामा सवै उमेर समुहका नागरिकहरूले अनुभुति गर्ने गरि आगामी आर्थिक बर्ष २०८०-०८१ को बजेटमा व्यवस्था गरि इटहरीका सबै वडामा थप खुल्ला व्यायामशाला निर्माण सम्पन्न गर्ने उनले बताए ।
*सच्याईएको ।