सुनसरी : बिहे भईरहेको अवस्थामा विवाह मण्डपबाटै झापाको गौरादहबाट इटहरीका एक युवक पक्राउ परेका छन् ।
श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्नेलाई प्रहरीले सुनसरीको इटहरी उपमहानगर वडा नम्बर – १९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
झापाको गौरादह – २ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेपछि श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाहमण्डप बाट नै प्रहरीले नियन्त्रणमा लिइएको छ । पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



