सुनसरी / इटहरी उपमहानगरपालिकाको १३ औं नगर सभा अधिवेशनमा दुई अर्ब ३५ करोड ३१ लाखको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट इटहरी उपमहानगरपालिकाकी सभाकी उपध्याक्ष संगिता चौधरीले सार्वजनिक गरेकी हुन् ।
उपमहानगरले दस वटा वडालाई एक करोड ५५ लाख रुपैयाँ तोकि दिएको छ । जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ का लागि सो रकम बराबरको सीमा तोकेको उपप्रमु्ख चौधरीले उल्लेख गरेकी छन् । अरु बाँकी दसवटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ । इटहरी उपमहानगरपालिकाले चालु वर्षका लागि २ अर्व १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको थियो ।
धरान विराटनगर कोशी राजमार्गको इटहरी खण्ड मुख्य बजार क्षेत्रमा दुई वटा आकाशे पुल निर्माण गर्न यसको लागि आवश्यक बजेट विनियोजन गरेको छ ।
इटहरी वडा नं. ६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेंग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रिन बेल्ट (हरित पार्क) निर्माण गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छ । इटहरी अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण (MRI, सिटि स्क्यान, भिडियो एक्सरे तथा आइ.सि.यु.. भेन्टिलेटर) सहितको शल्यक्रिया कक्ष निर्माण गरि सेवा संचालन गर्न बजेट छुट्याएको छ ।
त्यसैगरी, शिक्षाको भौतिक पूर्वाधार विकास साथै गुणस्तर अभिवृद्धिलाई ध्यानमा राख्दै इटहरी क्षेत्रका केहि सामुदायिक विद्यालयहरुलाई नमूना विद्यालयका रुपमा रुपान्तरण गरिनेछ साथै विद्यार्थीहरुलाई अनिवार्य रुपमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउन शुक्रबार फर फुटुरे कार्यक्रम सञ्चालन गरिनेका लागि लागि आवश्यक बजेट विनियोजन गरेको छ ।
उज्यालो इटहरी कार्यक्रम सञ्चालन गरी स्ट्रिट लाईट जडान गर्ने , प्रत्येक वडामा एक वडास्तरिय खेल मैदान निर्माण गरी प्रत्येक वडामा खुल्ला व्यायामशालाको निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्ने , इन्फास्टक्चर एम्बुलेन्स खरिद गरी सञ्चालन गर्ने , इटहरी उपमहानगरपालिका भित्रका सार्वजनिक तथा ऐलानी जमिन संरक्षण गरी ज्येष्ठ नागरिक तथा बालबालिकाका निम्ति हरित पार्क निर्माण गर्न बजे छुट्टाउने भएको छ ।
इटहरी उपमहानगरपालिकाका सार्वजनिक क्षेत्रहरुमा फ्री वाईफाई जडान गरी सञ्चालन गर्ने,६ वटा नगर विद्युतिय बस सेवा संचालन गरिनेछ। यसको लागि आवश्यक बजेट विनियोजन बजेट छुट्टाएको, ६ वटा उपर्युक्त स्थानमा चार्जिङ स्टेशन निर्माण गरि संचालनमा ल्याइनेका लागि आवश्यक बजेट विनियोजन छुट्टाएको , इटहरी उपमहानगरपालिका भित्र निर्माण हुने भौतिक पूर्वाधारका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी आन्तरिक रोजगारी सृजना गरि वैदेशिक रोजगारमा जाने युवा शक्तिलाई इटहरीको समग्र विकासमा प्रयोग गर्ने नीति कडाइका साथ अवलम्वन गर्न बजेट विनियोजन गर्ने बजेट छुट्टाएको छ ।
प्रत्येक सामुदायिक विद्यालयहरुमा सि.सि.टि.भि. जडान गरि विद्यालयका शैक्षिक गतिविधिहरुलाई अवलोकन तथा निगरानी गर्नका निम्ति उपमहानगरपालिकामा एक विशेष अवलोकन कक्ष निर्माण गर्न समेटिएको छ ।
इटहरीका मुख्य चोक तथा बजार क्षेत्रमा फ्री वाईफाई जडान गरि संचालन गर्न यसको लागि आवश्यक बजेट विनियोजन, गरिव, विपन्न, गर्भवती, जेष्ठ नागरिक तथा शारिरीक रुपमा अशक्त नागरिकहरुको इटहरी अस्पतालमा गरिने उपचारमा ५० प्रतिशत छुट दिइने यसको लागि आवश्यक बजेट विनियोजन बजेट समेटिएको छ ।
स्वस्थ इटहरी कार्यक्रम अन्तर्गत इटहरी वासीहरुलाई निशुल्क सेवा उपलब्ध गराउनका लागि दुई वटा एम्बुलेन्स खरिद गरि संचालनमा ल्याइनेछ यसको लागि आवश्यक बजेट विनियोजन गरिएको छ । गर्भवती महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु, गरिव विपन्नहरुलाई इटहरी अस्पतालमा उपचार गराएमा औषधी उपचारमा भएको खर्चको ५० प्रतिशत छुट दिइने नीति लिइने भएको छ ।
इटहरी उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुलाई क्रमश स्मार्ट विद्यालयको रुपमा विकास गरिनेछ । इटहरी उपमहानगरपालिका भित्र कक्षा ८.९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि कोचिङ कक्षा संचालन गरिने नीति कार्यक्रम तथा बजेट वक्तव्यमा प्रस्तुत गरेको छ ।
सिकाइ सहजिकरणलाई थप व्यवस्थित बनाउन पंखा जडान नभएका सबै बालविकास केन्द्र र सबै सामुदायिक विद्यालयको कक्षाकोठामा विद्यार्थी संख्याका आधारमा पंखा जडान गरि न्यूनतम विद्युत महशुल अनुदानसमेत विद्यालयलाई उपलब्ध गराईने ,इटहरी उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक माध्यमिक विद्यालयहरुमा क्रमश विद्यालय नर्सको व्यवस्थाका लागि विद्यालयलाई सहयोग गर्ने नीति अवलम्वन गरिने बजेट तथा नीति कार्यक्रममा पेश गरिएको छ ।
कृषिका विभिन्न अनुदानका कार्यक्रममा जनसहभागीता, निजी जग्गा बर्गिकरणमा कृषि क्षेत्रमा भएको जमनिलाई प्राथमिकता दिइने , यस उपमहानगरपालिकावाट कृषकहरुलाई अनुदानमा उपलब्ध गराउँदै आएको विउ उत्पादन पश्चात सोही परिमाणमा फिर्ता लिने नीति अवलम्वन गरिने समेटिएको छ ।
नगर खेलकुद विकास समिति गठन तथा कार्यालय सञ्चालनको व्यवस्था मिलाइने , राष्ट्रपति रनिङ्ग शिल्डप्रतियोगीता सञ्चालनको व्यवस्था मिलाइने, उप-महानगरको रणनैतिक योजना, सामाजिक समावेशीकरण तथा लैंगिक नीति तयार गरिनेछ, सामाजिक विकास कार्यक्रमको प्रभाव मुल्यांकन गर्ने व्यवस्था मिलाइने , सामाजिक क्षेत्रसँग सम्बन्धी खण्डीकृत तथ्यांक संकलन गरि अभिलेखीकरण, प्रकाशन प्रसारण गर्ने व्यवस्था मिलाइने निति बजेटमा पेश गरिको छ ।
बालबालिकाको सर्वांगीण विकासका लागि बाल बचाउ, संरक्षण, विकास र सहभागिताका सूचकका आधारमा विभिन्न कार्यक्रमहरु संचालन गरिने, उप महानगरका सवै सामुदायिक र संस्थागत विद्यालयहरुमा बालक्लब र बालक्लब संजाल गठन तथा सक्रिय बनाइने बालबालिकाको उदेश्यमा प्रस्तुत गरिएको छ ।
निति तथा बजेट पेशमा धार्मिक क्षेत्र , सामुदायिक विद्यालय , सामुदायिक वन , पर्यटन स्थल , यातायात तथा सडक , स्वास्थ ,शिक्षा युवा तथा खेलकुद , प्रविधि , खानेपानी , ऐतिहासिक क्षेत्र, बालबालिका , कृषि विकास ,पशुपंक्षी विकास ,सामाजिक विकास ,अपाङ्गता, जेष्ठ नागरिक ,दलित पिछडिएका वर्ग यौनिक , लैंगिक अल्पसंख्यक , गैह्रसरकारी संघ/संस्था समन्वय , उद्वम विकास तथा वैदेशिक रोजगारी ,संस्कृति ,भाषा ,कला , साहित्य ,वन वातावरण तथा सरसफाइ , ठोस फोहोरमैला तथा लेदोजन्य फोहोर पानी व्यवस्थापन ,विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन , नदी नियन्त्रण , सुचना संचार , सहकारी विकास ,सुसासान, सेवा प्रवाह तथा मानव संसोधन विकास, न्याय सम्पादन तथा कानून निर्माण ,उपभोक्ता हित संरक्षण नीति ,उद्योग, पर्यटन तथा संस्कृति प्रबर्द्धन नीति , रोजगार, यातायात तथा भौतिक पूर्वाधार निर्माण ,भवन निर्माण , राजस्व प्रशासन जस्ता विषय निति बजेटमा पेश गरिएको छ ।
इटहरी उपमहानगरपालिकाको १३ औं नगर सभा तथा वार्षिक कार्ययोजना कार्यक्रममा आगामी आर्थिक वर्षको लागि संघिय समानिकरण अनुदानबाट ३० करोड १७ लाख, संघिय ससर्त अनुदानबाट ७२ करोड ५७ लाख, संघिय समपुरक अनुदानबाट २ करोड, संघिय विशेष अनुदानबाट ३ करोड ७५ लाख पाउने अनुमान गरीएको छ ।
यसैगरी प्रदेश समानिकरण अनुदानबाट २ करोड ७ हजार, प्रदेश ससर्त अनुदानबाट १ करोड २३ लाख २५ हजार, प्रदेश समपुरक अनुदानबाट १ करोड, संघिय राजश्व बाँडफाँडबाट १८ करोड ३ हजार, प्रदेश राजस्व बाँडफाँड(सवारी)बाट २ करोड १३ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड रजिस्ट्रेशनबाट ३० करोड ,आन्तरिक श्रोतबाट रु. ६८ करोड १४ लाख नगद मौज्दात परिवर्तनवाट रु. १ करोड र नगर विकास कोषबाट ऋण ३ करोड गरी कुल जम्मा रु. २ अर्ब रु.३५ करोड ३१ हजारको अनुमानित आम्दानी विवरण पेश गरेको छ ।
चालु आर्थिक वर्षमा भने इटहरी उपमहानगरपालिका घाटामा गएको छ । आम्दानीभन्दा खर्च बढी भएपछि उपमहानगरलाई ४५ करोड ८४ लाख ४१ हजार रुपैया घाटा भएको हो । उक्त रकम दायित्वका रुपमा आगामी आर्थिक वर्षलाई सारिएको छ ।
२०८० जेष्ठ मसान्त सम्म पुँजिगत तर्फ रु. ५९ करोड ३० लाख ३२ हजार अर्थात ५१.४६ प्रतिशत र चालु तर्फ रु. ७६ करोड ५७ लाख ७१ हजार खर्च गरी कुल ७९.९२ प्रतिशत बजेट कार्यन्वयन गरी कूल खर्च १ अर्ब ३६ करोड २८ लाख ४ हजार खर्च भई कुल बजेटको ६०.४८ प्रतिशत खर्च भएको देखिन्छ ।