सुनसरी / धरान – तरहरा सडक खण्डको सेउती पुल नजिकै अज्ञात समूहले लुटपाट गरि गोली प्रहार गर्दा विराटनगर घर भएका २८ बर्षीय रोहित चौधरीको हत्या भएको छ ।
दिउसो साढे ५ बजेतिर उनलाई तीन जनाको समूहमा आएर गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका चौधरीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा उपचार गराउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
धनकुटा घुमेर घर फर्कदै गर्दा सेउती पुलमा पानी पिउन मोटरसाइकल रोकेको रोहित सँगै रहेकी सुमना खत्रीले प्रहरीलाई जानकारी गराइन् । त्यसैबेला पैदल हिड्दै आएका ३ जना हतियारधारी अज्ञान समुहले लुटपाट गरेर रोहितलाई गोली प्रहार गरेका थिए ।
गोली प्रहारपछि रोहितको उपचारका लागि सुमनाले नै एम्बुलेन्स रोकेर बीपी ल्याएको प्रहरीको भनाई छ । उनीसँगै रहेकी विराटनगरकी सुमना खत्रीको अवस्था सामान्य रहेको छ । लुटपाटेराहरूले चौधरीको साथबाट मोबाइल र पैसा लुटेका थिए ।
घटनामा संलग्नलाई तीव्र रूपमा खोजी सुरुगरि घटनाको विषय अनुसन्धान भइरहेकोप्रहरी एसपी ढकालले जानकारी बताए ।