सुनसरी / इटहरी २ मा बरगाछिमा रहेको माइती नेपाल परामर्श तथा पुर्नःस्थापना गृहले तीन जना महिलालाई इ–रिक्सा प्रदान गरेको छ ।
जोखिममा परेका युवतीलाई आवश्यक सीप सिकाएर आत्मनिर्भर बनाएर आज बुधबार एक कार्यक्रम गरि गीता घिमिरे , सावित्रा भट्टराई , समिता राईलाई इ–रिक्सा प्रदान गरेको हो ।
माइती नेपाल इटहरी कार्यक्रम संयोजक सुनिता कार्कीले उद्दार गरेर ल्याएका चेलिवेटीलाई विभिन्न समयमा जिवन उपयोगी सीप प्रदान गर्दैै आएको बताइन् ।
कार्यक्रमा इटहरी उपमहानगरपालिकाका उप- प्रमुख संगिता कुमारी चौधरीले सो कार्यको प्रसंसा गरेकी हुन् । सो क्रममा इटहरी वडा नम्बर २ का वडाध्यक्ष माधव कोइराला, नागरीक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराई लगाएतले बोलेका थिए ।
हिसांमा परेका महिलाहरुलाई आश्रय ,सिप र अवसर प्रदान गर्दै आएको माइती नेपालले धेरै महिलालाई सिपका माध्यमबाट आत्मनिर्भर वनाउने देखि पुनर स्थापनाका कामहरु गर्दै आएको छ । विगत देखि नै तालिम प्रदान गरी महिलाहरुलाई आत्मनिर्भरताका लागि सहयोग समेत गर्दै आएको माइती नेपाल इटहरी सुनसरीले यस पटक तीन जना महिलाहरुलाई सिटी सफारी वितरण गरेको हो ।