देशकोशी प्रदेशइटहरीमा पनि २९ औ विश्व आदिवासी जनजाति दिवस मनाइयो

इटहरीमा पनि २९ औ विश्व आदिवासी जनजाति दिवस मनाइयो

सुनसरी / इटहरीमा पनि २९ औ विश्व आदिवासी जनजाति दिवस मनाइएको छ । बुधबार विभिन्न जातजातिका झाँकि सहितको र्‍यालीका साथ इटहरी मुख्य चाैकमा कार्यक्रमकाे आयाेजना गरि दिवस मनाइएको हाे ।

नेपाल आदिवासी जनजाति महासंघ इटहरीकाे आयाेजनामा सम्पन्न कार्यक्रमकाे समुद्घाटन इटहरी उपमहानगरपालिकाका नगर- प्रमुख हेमकर्ण पौडेलले गर्नुभएकाे थियाे ।

कार्यक्रममा वक्ताहरूले विश्व अधिकार र पहिचानकाे लडाइँमा अघि बढिरहेको बताए । एकलनश्लिय साेचका कारण सरकारबाट सधै उत्पिडनमा आदिवासीजनजाति परेकाे भन्दै अब दमनलाई सहेर नबस्ने बताए । कार्यक्रममा बाेल्दै प्रदेशमा आदिवासी जनजाति तथा उत्पिडनमा परेकाहरूकाे मतबाट सत्ताराेहण भएकाहरूले पहिचानकाे मुद्दालाई दबाउने काम गरेकाे आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राम माण्डुप्पा राईले बताए ।

साथमा विभिन्न जातिय संस्थाहरूको साँस्कृतिक नृत्य समेत प्रस्तुती भएको थियोे । नेपाल आदिवासी जनजाति महासंघउपाध्यक्ष युवराज जिरेल , गायक उर्गेन दोङ, दिपेन्द्र राईले आफ्नो प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img