Wednesday, February 12, 2025
देशकोशी प्रदेशभोजपुरको लेखर्कमा सरसफाई गरि वृक्षारोपण तथा सडक मर्मत

भोजपुरको लेखर्कमा सरसफाई गरि वृक्षारोपण तथा सडक मर्मत

सुनसरी | भोजपुरको टेम्केमैयुङ गाउँपालिका -९ लेखर्कको सिंहदेवी मन्दिर परिसरमा सरसफाई वृक्षारोपण तथा लेखर्क पाँचधारे जोड्ने सडक जनश्रमदानबाट मर्मत गरिएको छ ।

शनिबार स्थानीयबासिहरूले लेखर्कको आस्थाको केन्द्र सिंहदेवी मन्दिर परिसरमा सरसफाई गरि वृक्षारोपण गरेका हुन् । स्थानीयको जनश्रमदानमार्फत बाटो विग्रिएको कारण आवतजावतमा समस्या भएपछि वडाको अगुवाईमा स्थानीय आफैले सडक मर्मत गरेका हुन् ।

सडकको खाल्डा पुर्ने, नाली कटाउने, पर्खाल लगाउने, झाँडी पन्साउने लगायतको काम गरिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्ग जानकारी दिए । वडाले श्रमदानमार्फत विभिन्न विकास निर्माणको काम गर्दै आएको उनको भनाइ छ ।

वडा सदस्य लक्षमण राई, सिंहदेवी मा. वि. का विदवि. व्य. स. अध्यक्ष कृष्ण राई, प्रहरी चौकी पाँचधारेका इन्चार्ज अर्जुन कठेत, स्थानीय बासि लगाएतको उपस्थिति रहेको थियोे ।

यस अघि पनि श्रमदान मार्फत पाँचधारे पोखरी आसपास बृक्षारोपनसँगै कपासे खोला, ओइराङको पुरुवा खोला, बुतुङको पहिरो हटाएको र सेल्मेका विभिन्न ठाउँमा पर्खाल लगाउने लगायतको काम गरिएको थियो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस