सुनसरी / झापाको मेचीनगर नगगपालिका -८ मा एक व्यक्तिको बीभत्स अवस्थामा शव फेला परेको छ ।
शव स्थानीय ४३ वर्षीय सुन्दर किसानको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शवको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
किसान बुधबार बेलुका खाना खाएर घर बाहिर निस्केका थिए । उनको शव आज बिहान फेला परेको हो । घटनाको विषयमा थव अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।