सुनसरी / उदयपुरको चौदण्डिगढी नगरपालिका- १० मा आज बिहान भएको ट्याक्टर टुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
गाईघाटबाट बेल्टार जाँदै गरेको ना ६ त ६६१८ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ४ जना घाइते भएका थिए ।
प्रहरीका अनुसार तीमध्ये उपचारको क्रममा धनुषाको मिथिला नगरपालिका- ११ का १७ वर्षीय सुरज मगरको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
घाइते अन्य तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।