सुनसरी : मोरङको उर्लाबारीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो पूर्वपश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी नगरपालिका-३ सोल्टी पुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २४२३ नम्बरको बसको पछाडि सोही दिशातर्फ जाँदै गरेको को १३ प ६१३० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियोे ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा मोटरसाइकल चालक झापाको कमल गाउँपालिका-१ का ४३ वर्षीय गोपालप्रसाद पौडेलको मृत्यु भएको छ ।
बसमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेरको प्रहरीले जनाएको छ ।



