देशकोशी प्रदेशइटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी / इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

हिजो शनिबार दिउँसो इटहरी वडा नम्बर -१२ रिलायन्स ३ नम्बर गेट अगाडी उत्तरतर्फ जाँदै गरेको को २४ प ७३८९ नम्बरको मोटरसाइकलले सोसी दिशातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट इटहरी- १३ बस्ने ५० वर्षीय नेत्रप्रसाद अधिकारीको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

मोटरसाइकल र चालक इटहरी- ११ बस्ने २३ वर्षीय रोहन चौधरी इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img