देशकोशी प्रदेशकोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाए विश्वासको मत

सुनसरी : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएका छन् । मुख्यमन्त्री थापाले नेपालको संविधान धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट विश्वासको मत पाऊँ भन्ने प्रस्ताव राखेका थिए।

थापाले राखेको विश्वासको मतको प्रस्ताव पक्षमा सभाअध्यक्ष इस्राइल मन्सुरीले पनि मत दिएपछि उनले मत पाएका हुन् ।

प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको थियो । मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका हुन् ।

अध्यक्षता गर्ने ब्यक्ति परिवर्तन गरेर मतदान गरेपछि मुख्यमन्त्री थापाको पक्षमा ४७ मत पुगेको छ । कोशीमा यो बहुमत संख्या हो । बिपक्षमा ३० मत परेको छ ।

यस अघि एमालेका हिक्मत कार्की मुख्यमन्त्री थिए । सभाध्यक्षको भूमिकामा रहेका इस्राइल मन्सुरीले मुख्यमन्त्री उद्धव थापाको पक्षमा मतदान गरेपछि एमालेले त्यसको कानुनी उपचार खोज्ने भएको छ । मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत लिएपछि एमालेले अदालत जाने तयारीमा रहेको छ ।

प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img