सुनसरी / उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी इटहरीको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले दुई सय बढी विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिएको छ ।
शुक्रबार एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीले शैक्षिक परामर्श तथा ‘एजुकेशन फेयर’ को आयोजना गरी अष्ट्रेलिया , क्यानडा , युके , युएएस कलेजका मुख्य प्रतिनिधि सहभागी भएर विद्यार्थीहरूलाई भिसाको नीति, पोलिसी, कलेज , तथा युनिभर्सिटी, आइएलटिएस र पिटिइका कक्षा सम्बन्धि विषयमा प्रत्यक्ष प्रतिनिधिमार्फत विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।
एक्सपर्टले उच्च शिक्षाको लागि विदेश गएर पढ्ने विद्यार्थीहरूलाई विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, पूर्वतयारी , छात्रावृत्ति, लगायत सम्पूर्ण विषयमा दुई जना बढी विद्यार्थीहरूलाई जानकारी गराइएको एक्सपर्ट एजुकेशन अपरेशन हेड सिडनीका भुवन हरी पाण्डेले बताए ।
उनले भने , यो शैक्षिक परामर्शमा विद्यार्थीहरुले अष्ट्रेलिया , क्यानडा , युके , युएएस कलेजका मुख्य प्रतिनिधि भेटेर २० वटा भन्दा बढि शैक्षिक संस्थाका बारेमा सम्वन्धित संस्थाका प्रतिनिधिहरुसँग अन्तरकृया गरी त्यहाँको शैक्षिक अवस्थाको बारेमा बुझ्ने अवसर नै हो ।
जसमा विद्यार्थीहरुले कस्तो देश के हो, त्यहाँको शैक्षिक अवस्था कस्तो छ, मैले आफ्नो योग्यता अनुसार कुन शैक्षिक संस्थामा अध्ययन गर्न सक्छु, त्यहाँ गएपछि मैले कस्ता चुनौतीहरुको सामना गर्नुपर्छ, अध्ययन पछिको भविश्य कस्तो छ लगायत सम्पूर्ण विषयको पूर्व जानकारी लिन पाउँछन् ।
दोस्रो कुरा भनेको उच्च शिक्षाका लाजि बाहिरी देश जान कति खर्च लाग्छ, के–कस्ता डकुमेन्ट तयार गर्नुपर्छ, आफ्नो योग्ताताले पुग्छ पुग्दैन, अंग्रेजी लेवल कति चाहिने रहेछ, कुन कोर्ष गर्दा भविश्य उज्ज्वल छ जस्ता विषयको पनि विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श लिन सक्छन् ।
त्यसैगरी, विद्यार्थीहरुले पाउन सक्ने अर्को महत्वपूर्ण कुरा भनेको सम्बन्धित शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग सिधै सम्पर्क हुने हुँदा विद्यार्थीहरुले छात्रबृत्तिको पनि अवसर पाउन सक्नेछन् ।’
एक्सपर्टले उच्च शिक्षाको लागि विदेश गएर पढ्ने विद्यार्थीहरूलाई विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, पूर्वतयारी , छात्रावृत्ति, लगायत सम्पूर्ण विषयमा दुई जना बढी विद्यार्थीहरूलाई जानकारी गराइएको एक्सपर्ट एजुकेशन इटहरी तथा विराटनगरका लेखापाल बिमल पराजुलीले जानकारी दिए ।
एक्सपर्टले पूर्वमा इटहरी, विराटनगर र बिर्तामोड लगाएत ठाउँमा शाखा सञ्चालन गरि उच्च शिक्षाको लागि युके , क्यानडा , अष्ट्रेलिया , युसए जस्ता देशको भाषा पढाउदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखाका सञ्चालक कमल तिम्सिना बताए ।