सुनसरी / इटहरी नगरक्षेत्र भित्रका जनताका लागि उपमहानगरपालिकाले निस्शुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको हो ।
सोमबारदेखि नै लागु हुने गरि निशुल्क एम्बुलेन्स र शव वाहन इटहरी अस्पताललाई इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले हस्तान्तरण गरेका हुन् । सेवा सुरु गरी इटहरी उप महानगरपालिकाले आफ्नो जनताको लागि घरदेखि घाटसम्म शव वाहन र घरदेखि इटहरी अस्पतालसम्म एम्बुलेन्स सञ्चालनमा ल्याएको नगर प्रमुख पौडेलले बताए ।
नगर अस्पतालमा बिरामीको चाप बढ्दै गएका कारण एम्बुलेन्स सुरु गरिएको उनले बताए । नगर अस्पतालमा बिशेषज्ञ डाक्टरले सेवा दिन थालेपछि विरामीको चाप बढेको उनको भनाइ छ ।
इटहरी अस्पताललाई पछिल्लो समय व्यवस्थापन उपमहानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । उपमहानगरपालिकाको मातहतमा अर्को इटहरी अस्पतालको भवन निर्माणधिन अवस्थामा रहेको छ ।