इटहरी / इटहरीका संस्थागत तथा सामुदायिक विद्यालयहरूले विभिन्न कार्यक्रम गरि ५९ औँ राष्ट्रिय बाल दिवस मनाएका छन् ।
आज ५९ औँ राष्ट्रिय बाल दिवस इटहरीका सामुदायिक तथा संस्थागत विद्यालहरूले विविध कार्यक्रम गरि मनाएका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
यसैविचमा इटहरी ६ मा रहेको मोडर्न बाल क्लबले बाल दिवसको अवसर पारेर विद्यार्थीहरूले विभिन्न नृत्य, गीत तथा कविताहरू प्रस्तुत गरेका थिए । खासगरी विद्यार्थीकै प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको मोर्डन
मोडर्न प्रिपेरेटोरी विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले बताए ।
त्यस्तै , इटहरी नमुना कलेज , विश्व आदर्श कलेज , सुस्मा कलेज , सिबि कलेज , जनता स्कुल , इटहरी २ स्थित महेन्द्र माध्यमिक विद्यालय , राष्ट्रिय माध्यमिक विद्यालय इटहरी , इटहरी २० स्थित बाल बुहभाषि विद्यालयमा वडा कार्यलयले बालबालिकाहरुलाई ब्याग,कपी, पन्सल र ज्यामतीबक्स वितरण गरेर बाल दिवस मनाएको छ ।
त्यस्तै अरू विद्यालयकहरूले सांस्कृतिक नित्य, वक्तृत्वकला प्रतियोगिता, कविता लगाएत कार्यक्रम गरि मनाएका थिए ।
हरेक भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइन्छ । यसपटक विविध कार्यक्रम गरी देशैभर ५९ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो।
नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल संगठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ ।