सुनसरी / नुहाउने क्रममा पोखरीमा डुबेर मोरङको ग्रामथानमा शनिबार दुई जना बालिकाको मृत्यु भएको छ ।
ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १० र १२ वर्षीया बालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यलय मोरङका अनुसार ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको हो ।
दुवै बालिकालाई डुबेर गम्भीर घाइते भएको अवस्थामा बिहान ११ बजेतिर स्थानीयले फेला पारेका हुन् । पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएका उनीहरुलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । प्रहरी र स्थानीयले उद्धार गरेर अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।ढ