Saturday, April 19, 2025
देशकोशी प्रदेशकोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने
spot_img

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

सुनसरी / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिने भएका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका कार्कीले शनिबार विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि सुरु भएको हो ।

असोज २० गते शनिबार विश्वासको मत लिने तयारी भएको नेकपा एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । विश्वासको मत नपाए मुख्यमन्त्री कार्की पदमुक्त हुनेछन् ।

त्यसपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

कोसीमा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सांसद गरी ९३ सदस्यीय प्रदेशसभा छ । सरकार गठनका लागि भने बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img