सुनसरी / इटहरी उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ ।
शुक्रबार भोलि थारु जातिको पर्व जितिया पर्वको अवसर पारेर सार्वजनिक विदा दिएको हो । थारु जातिलाई प्रथम नागरिक घोषणा गरेको उपमहानगरपालिकाले शुक्रबार नै सार्वजनिक बिदा दिएको हो ।
उपमहानगरले बिहीबार एक सुचना जारी गर्दै इटहरी अस्पताल बाहेक इटहरी उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यलय र अन्तर्गतका सम्पूर्ण कार्यलयहरु तथा नगर क्षेत्र भित्रका सम्पूर्ण शिक्षण संस्थाहरु बिदा रहने जनाएको हो ।