सुनसरी : कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।
मुख्यमन्त्री हिक्मत कार्कीले शनिबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले ६ दिनको समय दिएर प्रदेशसभा सदस्यहरुलाई सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) बमोजिम प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि दाबी गर्न असोज २६ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।
९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा एमालेका उपसभामुखबाहेक ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।