सुनसरी / झापाको बिर्तामोड नगरपालिका- १ स्थितमा ट्रकले ठक्कर दिदाँ एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख २०८३ नम्बरको ट्रकले पैदलयात्री दोलखा कालिन्चोकका ५१ वर्षीया देवीमाया थामीलाई ठक्कर दिदाँ घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
घटनामा संलग्न ट्रक र चालक सुनसरीको गढी गाउँपालिका ४ का ३९ वर्षीय रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्कय अनुसन्धान सुरु गरेको छ ।