सुनसरी / प्रहरीले भोजपेर धनकुटा, उदयपुर जिल्लाको बिभिन्न स्थानमा अवैधरुपमा लगाएको गाँजा खेती नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरतगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार असोज २६ गते इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखिसल्ला र त्रिवेणीबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभुमी गाउँपालिका–१,३,७ नम्वर वडाका २३ रोपनी जग्गामा लगाएको ५७ सय गाँजाको बोट नष्ट गरेको छ ।
यसै गरी उदयपुरको जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–७ र ताप्ली गाउँपालिका–२ स्थितका बिभिन्न एरियामा लगाएको करिव ६२ हजार १ सय ५० बोट गाँजाको बोट नष्ट गरेको छ भने भोजपुरको हतुवागढी गाउँपालिका ४ स्थित मा रहेको १८ रोपनी जग्गामा लगाएको करिब ३५ सय गाँजाको बोट इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले नष्ट गरेको छ ।