इटहरी / इटहरी उपमहानगरपालिका -२० कार्यालय तरहराको आयोजनामा एक दिवसिय कार्यक्रम गरिएको छ ।
आज अनेकतामा एकता इटहरी २० को विशेषता इटहरी उपमहानगरपालिका -२० कार्यालय तरहराले नेपालीहरूको महान चाड विजयादशी , शुभ दिपावली चथन छैठ पर्वको अवसरमा एक दिवसिय कार्यक्रम गरेको छ ।
नेपाली समाजमा हराउँदै गरेको रितिरिवाज चाल चलन , परम्परागत , नेपालीहरूले मनाउने पुराना चार्ड पर्व , विभिन्न जातिको नाचलाई जगेर्ना गर्ने उदेश्यले अनेकतामा एकता एक दिवसिय कार्यक्रम आयोजना गरिएको इटहरी २० का वडा अध्यक्ष मणिराम श्रेष्ठ बताउनु भयो ।
इटहरी उपमहानगरपालिकाका उप -प्रमुख संगिता कुमारी चौधरीको प्रमुख अतिथिमा कार्यक्रम भएको छ । उनले मन्तव्य राख्दै गर्दा भनिन् इटहरी २० वडा कार्यालयले यसरी सबै जातजाति समेटिएर कार्यक्रम आयोजना गर्दा आफू अन्त्य खुसि भएको उनले बताइन् ।

नेपाल मगर संघ इटहरी १९ र २० को संयुक्त वडा कार्यसमिति सुनसरीले हुर्रा नृत्य , ब्राहमण समाज नेपाल इटहरी तरहराले झाँकी , संयुक्त खसक्षेत्री नेपाल आदिवासी इटहरी १९ र २० ले हुर्केली नृत्य,थारु कल्याणकारी समाज तरहराले धुम्राहा नाच, तामाङ्ग घेदुङ्ग समाज तरहराले सेलो डम्फु,किरात राई यायोक्खा तरहराले चण्डी नाच प्रस्तुत गरेका थिए ।
तरहरा जेष्ठ नागरिक समाज इटहरी २० , नेपाल दशनामी समाज इटहरी २० तरहरा ,नेवा:ख्रल हाँसपोसा इटहरी २० तरहरा, किरात याक्थुङ चुम्लुङ इटहरी २० तरहरा , श्री गुरूङ बौद्ध गुम्बा सेवा समिति इटहरी २० तरहरा लगाएतले आफ्नो सांस्कृतिक नाच लगाएत आफ्नो संस्कार संस्कृतिका नाच प्रस्तुत गरेका थिए । सो कार्यक्रममा २५ जना बढी विभिन्न पदका व्यक्ति, विद्वान , विभिन्न संघ संस्थाका व्यक्तिलाई सम्मान गरिएको थियोे ।
सो कार्यक्रममा इटहरी २० का वडा सदस्य तथा कार्यक्रम संयोजक बहादुर तामाङ ,जिल्ला समन्वय समिति सदस्य कुमारी वि.क., सम्मानित व्यक्तित्व स्रष्टा सुमन दाहाल, नेपाली कांग्रेस सभापती अजुन बस्नेत, माओवादी केन्द्र अध्यक्ष नवराज मैनाली,राष्ट्रिय स्वतन्त्र पाटी अध्यक्ष राजन कटुवाल,ने. क. पा. एमालेका अध्यक्ष राजेन्द्र कटुवाल र विभिन्न जातजाति संघ संस्थाका प्रतिनिधि स्थानीय लगाएतको सहभागी रहेको थियोे ।




