Thursday, December 5, 2024
देशकोशी प्रदेशभोजपुरमा गाउँघरमा युवा भेटिदैन , कोही छैनन् पिङ्ग खेल्ने

भोजपुरमा गाउँघरमा युवा भेटिदैन , कोही छैनन् पिङ्ग खेल्ने

सुनसरी / गाउँघरमा युवाशक्तिभन्दा बूढापाका मात्र हुन थालेपछि दसैँ-तिहारलगायतका चाडपर्वमा लगाइने पिङ्गसमेत भोजपुरमा लोपोन्मुख बन्दै गएको छ ।

केही वर्ष अघिसम्म गाउँघरमा दसैँतिहार लागेको झल्को पिङ्गबाट पाउने गरिन्थ्यो । दसैँतिहारको अवसर पारेर ग्रामीण भेगमा लिङ्गे पिङ्ग हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायमै थियो । तर अहिले भने गाउँघरमा युवापुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि पिङ्ग लोप हुन थालेको भोजपुर नगरपालिकाका शिव भुजेलले जानकारी दिए ।bhojpur info

“गाउँमा मात्र होइन विगत केही वर्ष अगाडिसम्म त सदरमुकाम आसपासमासमेत पिङ्ग देख्न पाइन्थ्यो तर अहिले सो संस्कृति हराउँदै गएको छ”, स्थानीय बद्रीविक्रम बुढाथोकीले भने, “पुराना संस्कार तथा संस्कृतिहरु विस्तारै हराउँदो क्रममा छ ।

भोजपुरका बढी मात्रमा बाटिएको टोरी प्रयोग गरेर बासको लिङ्गा गाडेर लिङ्गे पिङ्ग हाल्ने गरिन्थ्यो ।” विगतमा लगाइने पिङ्गमा वृद्धा, युवादेखि बालबालिकासम्मको जमघट हुने गर्दथ्यो तर त्यस्तो रमाइलो गर्ने परम्परा हराउँदै गएको छ, स्थानीय युवा सञ्जीव कार्कीले भन्नुभयो ।

सामान्यतया लिङ्गे पिङ्ग बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । तर पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसकोसमेत अभावले पिङको संस्कार हराउँदै गएको अर्का स्थानीय महेन्द्र खत्रीको धारणा रहेको छ ।

“विगतमा जस्तो गाउँघरमा डोरी बाट्ने मनिसको अभाव छ, अहिले नेपालमै रहेका युवाहरु दसैँ मनाउन केही दिन घरमा आउँछन्, उनीहरुले बाबियो खोजेर डोरी बनाउन पनि जान्दैनन्”, खत्रीले भन्नुभयो ।

सानै उमेरदेखि दसैँमा पिङ खेल्ने गरेको उल्लेख गर्दै पछिल्लो समयमा भने पिङ्ग नै गाउँघरमा लगाउन छाडिएको छ । पहिले टोलटोलमा पिङ्ग थाप्ने प्रतिस्पर्धा नै हुन्थ्यो तर अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको पाइन्छ । युवाहरुले आधुनिकताका नाममा संस्कृति छाड्दै गएको स्थानीय वृद्धहरुको भनाइ छ ।temke infotemke 9 info

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img