देशकोशी प्रदेशमोरङमा साँढे जुध्ने क्रममा किचिएर बृद्धाको मृत्यु
spot_img

मोरङमा साँढे जुध्ने क्रममा किचिएर बृद्धाको मृत्यु

सुनसरी / मोरङको जहदा गाँउपालिका – ३ स्थित जयरामपुरमा बिहिबार दुई वटा साढेहरु एकआपसमा जुद्दै गरेको अवस्थामा किचिएर घरको आँगनमा बसिरहेका एक बृद्धको मृत्यृु भएको छ ।

स्थानीय ६० बर्षिया घुर्नी खातुन आफ्नै घरको आँगनमा बसिरहेको अवस्थामा एक्कासी उक्त साढे आई किच्दा गम्भिर घाइते भएको र तत्काल उपचारको लागि कोशी अस्पताल विराटनगर लगिएकोमा मध्यान्ह १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बृद्धाको मृत्यु डाक्टरको लापरवाही बाट मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले अस्पतालमा नाराबाजी समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img