सुनसरी: इटहरीकी एक महिला १२ दिनदेखि बेपत्ता भएकी छन् ।
इटहरी उपमहानगरपालिका ७ की ४९ वर्षीया उर्मीला कटुवाल परिवारबाट सम्पर्कविहीन बनेकी छन् । मानसिक रूपमा अस्वस्थ रहेकी उनी गत कात्तिक ६ गते दिउँसो देखि घरैबाट बेपत्ता भएको परिवारले जनाएको छ ।
कतै फेला परेमा नजिककै प्रहरी कार्यालयमा खबर गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् । प्रहरीलाई घटनाको जानकारी गराएर सबैतिर खोजी गर्दा पनि फेला पार्न नसकिएको उर्मीलाका भाइ युवराज कटुवालले बताए ।
‘बिना कारण दिदी घरबाटै बेपत्ता हुनुभयो । अहिलेसम्म परिवारको सम्पर्कमा आउनु भएको छैन,’ उनले भने, ‘घटनाका बारेमा प्रहरीलाई जानकारी गराइएको छ । सबैतिर खोजी गर्दा पनि फेला पार्न सकिएन ।’ खोजी गर्दापनि फेला नपरेपछि थप खोजीका लागि अपिल गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।