भोजपुर / भोजपुर नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई नगद १ लाख आर्थिक सहयोग गरेको छ ।
नगरपालिकाले भुकम्पमा परि बढि क्षती पुगेका २ जिल्लामा प्रधानमन्त्री राहत कोष मार्फत खर्च हुनेगरी स्थानीय विपद् व्यवस्थापन कोषबाट ५०/५० हजार नगद आर्थिक सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुंगेलले जानकारी दिए ।
प्राकृतीक विपदमा परेका उक्त क्षेत्रका स्थानीयहरुलाई राहत,उद्धार तथा पुनंसंरक्षणमा टेवा पुगोस भन्ने हेतुले नगरपालिकाको तर्फबाट आर्थिक सहयोग प्रदान गरेको नगरप्रमुख कैलाश कुमार आलेले बताए । साथै उहाले विपद्को सामना गरीरहेका जिल्लालाई देशभरीबाट सकेको सहयोग गरी एकजुट नेपालीको आभाष दिलाउन पनी सबैमा आग्रह गरे ।
जाजरकोटको रामीडाडाँ केन्द्र विन्दु बनाई कात्र्तिक १७ गते राती ११ः४७ बजे गएको ६ दशमलव ४ रेक्टर स्केलको भुकम्पले नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंह सहित धेरैको मृत्यु तथा सयौँ स्थानीय धाइते भएका छन् ।