Thursday, January 23, 2025
देशकोशी प्रदेशबिर्तामोडमा श्रीमती बितेकाे ३६ घण्टामै श्रीमानकाे निधन

बिर्तामोडमा श्रीमती बितेकाे ३६ घण्टामै श्रीमानकाे निधन

सुनसरी / झापामा श्रीमतीको निधन भएको ४८ घण्टा नबित्दै श्रीमानको पनि निधन भएको छ । बिर्तामोड नगरपालिका -५ स्थित अग्रसेन भवन छेउमा श्रीमान र श्रीमतीको निधन ३६ घण्टाको फरकमा भएको हो ।

शान्तिपुर–झापा एकता समाजका अध्यक्ष ज्ञानेन्द्र अधिकारीका माता ६८ वर्षीया निर्मला पौडेल अधिकारीको कात्तिक २७ गते बिहान ११ः४५ बजे गाई तिहारका दिन निधन भएको थियो । त्यसको ४८ घण्टा नबित्दै अधिकारीका पिता ७४ वर्षीय खगप्रसाद अधिकारीको गएराति ११ बजेर ११ मिनेटमा निधन भएको हो ।

गोबर्द्धन पूजाको राति निधन भएका अधिकारीको आज भाइटीकाको दिन दिउँसो १ बजे कनकाई माईमा अन्त्येष्टि गरिने आफन्त शम्भु दाहालले बताए । अधिकारी परिवार इलामको साविक शान्तिपुरबाट बसाइ सरी बिर्तामोड ५ मा आएका थिए ।

अधिकारी दम्पत्तिका छोराबुहारी ज्ञानेन्द्र, कला अधिकारी, छोरीहरु देवी अधिकारी खनाल होक्से, सीता अधिकारी थापा बेलायत, गीता अधिकारी काठमाडौमा रहेका छन् । गीता अधिकारी नेपाली चलचित्रकी अभिनेत्री हुन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img