Friday, December 6, 2024
देशकोशी प्रदेशवडाबाटै अपाङ्गता परिचय पत्र वितरण 

वडाबाटै अपाङ्गता परिचय पत्र वितरण 

इटहरी: भोजपुरको पौवादुङमा गाउँपालिका १ श्यामशिलामा अपाङ्गता परिचय पत्र वितरणसँगै स्वास्थ्य शिविर सम्पन्न भएको छ । पौवादुङमा गाउँपालिकाले स्थानीय नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्ने लक्ष्यले शिविर सञ्चालन गरेको हो ।

मङ्गलवार श्यामशिलामा भएको शिविरमार्फत १२ जनालाई अपाङ्गता परिचय पत्र वितरणसँगै ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । गाउँपालिकाले यहाँका ६ वटै वडामा अभियान सञ्चालन गरेर शिविरमा मार्फत सेवा प्रवाह गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए ।

अभियानमार्फत पौष २४ गते वडा नं १ श्यामशिला, पौष २५ मा वडा न २ तिवारीभञ्याङ, पौष २६ गते वडा नं ३ च्याङ्ग्रे, पौष २८ गते वडा नं ४ वास्तिम, पौष २९ गते वडा नं ५ सानोदुम्मा र माघ २ गते वडा नं ६ ठुलोदुम्मामा सेवाहरू प्रवाह गरिने प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

गाउँपालिकाका नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्ने लक्ष्यले अभियानमार्फत सेवा प्रवाह गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाको सेवालाई सहज र सरल तरिकाले जनस्तरसम्म पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष राईको भनाइ छ ।

नागरिकलाई सहज सेवा प्रवाह गर्ने लक्ष्यले वडा स्तरबाट परिचय पत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । अभियानमार्फत प्रवाह गरिएको सेवाले शारीरिक रूपमा असक्त नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img