देशकोशी प्रदेशजारीर लगाइदिने प्रलोभनमा एक करोड ३० लाख ठगी, दुई जना पक्राउ

जारीर लगाइदिने प्रलोभनमा एक करोड ३० लाख ठगी, दुई जना पक्राउ

इटहरी: इटहरीमा एक करोड ३० लाख ठगी गरेको भन्दै दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१० का प्रदीप कुमार चौधरी र मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बस्ने अन्जु चौधरी रहेका छन् । प्रदीपलाई प्रहरीले यसअघि नै पक्राउ गरेको हो भने अञ्जुलाई बुधबार साँझ पक्राउ गरिएको हो ।

उनीहरूले विराटनगर महानगरपालिका १ बस्ने कमल राजवंशीसहित ३९ जना पीडितमार्फत एक करोड ३० लाख एक हजार ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरूले लोकसेवा आयोगदेखि, आर्मी, पुलिस हुँदै एनजिओसम्ममा जागिर लगाइदिने भन्दै पैसा लिएका हुन् । पीडिहरूले ३ लाख देखि माथि १५ लाखसम्म दिएको खुलेको छ ।

बढीजसो सुनसरी र मोरङका पीडित रहेका छन् भने अन्य जिल्लाबाट पनि पीडितको संख्या आएको डीएसपी कार्कीलेप्रहरीले जानकारी दिएको छ । दुवैजनाविरुद्व सुनसरी जिल्ला अदालतबाट ठगी शीर्षकमा बिहीबार पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img