Monday, April 28, 2025
देशकोशी प्रदेशमाओबादी जनयुद्धका पिडित सय परिवारको निशुल्क बिमा
spot_img

माओबादी जनयुद्धका पिडित सय परिवारको निशुल्क बिमा

इटहरी- इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जनयुद्ध दिवसको अवसरमा इटहरीमा रहेका एक सय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका छन् ।

मङ्गलवार नेकपा माओवादी केन्द्रको पदाधिकारीहरु सँग एक सय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा इटहरी सरकारले गर्ने मेयर पौडेलले निर्णय गरेका हुन ।

जनयुद्ध दिवसको अवसरमा तत्काल लागु हुने गरी यही आर्थिक वर्षमा कुनै संस्था मार्फत इटहरीमा भएका एक सय द्वन्द्व पीडित घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्न चार लाख रकम दिने निर्णय गरेका छन् ।

इटहरी क्षेत्रमा बसोबास गर्दै आएका पिडित घाइतेहरुको निशुल्क बिमा गर्ने गरिदिने छु मेयर पौडेलले भने । आफ्ना नगरमा भएको इटहरी नगर क्षेत्रमा बसोबास गर्ने परिवारको बिमा गरिदिने पौडेलको भनाई छ।

जनयुद्दमा पिडित बनेकाहरुको निशुल्क बिमा गरिदिने मेयरको भनाई प्रति माओबादीका इटहरी नगर अध्यक्ष बहादुर तामाङले आफुहरु अत्यन्तै खुसी भएको प्रतिक्रिया दिए।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img