देशकोशी प्रदेशइटहरी ४ नम्बर वडा कार्यालयको भवन उद्घाटन

इटहरी ४ नम्बर वडा कार्यालयको भवन उद्घाटन

इटहरी- इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को नव निर्मित भवन उद्घाटन गरिएको छ । इटहरी ४ वडा कार्यालयको भवन दुई तले भवन ५६ साल ४४ हजार ४ सय ४४ रूपैयाँ लागतमा भवन बनेको हो । भवन उद्घाटन कोशी प्रदेश सभा प्रमुख सचेतक रेवती रमण भण्डारीले गरका हुन् ।

पुर्व नगर प्रमुख द्वारीका लाल चौधरी लगाएत जनप्रतिनिधिहरूका साथै स्थानीयहरूको पहलमा भवन उद्घाटन गर्दै वडा अध्यक्ष भक्त लामा ( तामाङ) ले वडाले बिहीबार बाट आफ्ने भवनमा सेवा प्रवाह गर्ने बताए ।

अब आफ्नै वडा कार्यालय भवनमा बसेर जनप्रतिनिधिहरूले सेवा दिने र नागरिकहरूले पनि सेवा पाउने कार्यक्रमका प्रमुख अतिथि रहेका कोशी प्रदेश सभा सदस्य रेवती रमण भण्डारीले बताए ।

वडाको भवन अगाडि नै उद्घाटन हुने थियोे भने केही वाधा अडचनले ढिलाइ भएको इटहरी उपमहानगरपालिकाका पुर्व नगर प्रमुख द्वारिकालाल चौधरीले बताए ।

युएइमा सम्पन्न भएको सुपर कप २०२४ को ८४ प्लस तौल समुहमा स्वर्ण पदक पाएका इटहरी वडा नम्बर ४ का सागर राउतलाई सम्मान समेत गरिएको थियोे ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img