Thursday, May 15, 2025
देशकोशी प्रदेशइटहरीमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु
spot_img

इटहरीमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

spot_img

इटहरी – इटहरीमा मध्यराति आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । इटहरी -६ स्थित वीपी चौकमा मध्यराति ११ः४५ बजे आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५२ वर्षीया गोपीमाया कटवाल रहेकी इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीले जानकारी दिए । कटवालको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

‘कोठामा चुकुल लगाएर सुतेको अवस्थामा आगलागी भएछ । पूजाकोठा पनि त्यहीँ रहेछ,’ चौधरीले भने, ‘आगलागीको कारण तत्काल नखुलेपनि प्रारम्भिक अनुसन्धान सुरु भएको छ ।’

घटनास्थलबाट मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । कटवाल सुतेको कोठामा आगलागी भएको र छेउको कोठामा छोराबुहारी रहेको चौधरीले बताए ।

उक्त कोठामा रहेका लत्ताकपडासहित दराज जलेर क्षति भएको उनको भनाइ छ । आगलागी नियन्त्रणमा लिएका आगलागीको कारणबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img