देशकोशी प्रदेशसंखुवासभा जिल्लामै पहिलो पटक नमुना नगरसभा

संखुवासभा जिल्लामै पहिलो पटक नमुना नगरसभा

संखुवासभा- मादी नगरपालीकाले ११४ औं अन्तरास्ट्रिय महिला दिवसकोे अवसरमा नमूना महिला नगरसभा अभ्यास रेको छ ।

नेपाल महिला स्वस्थ्य स्वयं सेविका संघ मादी र मादी नगरपालीकाको संयुक्त आयोजनामा महिलामा लगानी सभ्य र समुन्नत समाजको थालानी भन्ने मुल नारालाई आत्मसात गर्दै फागुन २४ र २५ गते मादी नगरपालीकाको कवर्डहलमा २ दिवशीय “नमुना महिला नगरसभा अभ्यास“ गरिएको हो । कार्यक्रमको दोस्रो दिनको सुरुवाती चरणमा प्रभातफेरी कार्यक्रम समेत गरिएको थियो ।

महिलाहरुलाई लोकतान्त्रिक पद्धति अनुसार नगर सभा संचालन गर्न गराउन र संसदिय अभ्यासको बारेमा ज्ञान दिने उद्देश्यले दुई दिने नमुना नगर सभा कार्यक्रमको प्रशिक्षण सन्ध्या लिंथेपले गरेकी थिएन् । संखुवासभा जिल्ला मै पहिलो पटक नमुना नगर सभा अभ्यास गरिएको हो ।

कार्यक्रमको उद्घाटन सत्र“मादी नगरलाई भैतिक विकास मात्र नभै सामाजिक, विकास सगै, चेतना विकास गराउनु मादी नगरको दायीत्व हो “ महिला नेतृत्व बिकास मादी नगरको आवश्यकता रहेको मादी नगर प्रमुख जीवन लिंथेपले बताए । मादी नगरपालीकाका सम्पूर्ण भूगोलबाट समन्वय गरेर नमूना नगरसभामा महिलाहरुको सहभागीता रहेको थियो ।

मादी नगरपालीकाका महिला मात्र नभई देशै भरीका महिलाहरु नेतृत्वमा आउनु पर्ने मादी नगरपालीका उपप्रमुख सुनिता देवि दाहाल भट्टराईले बताइन् । कार्यक्रमको अध्यक्षता नेपाल महिला स्वस्थ्य स्वयं सेविका मादीनगर उपाध्यक्ष देवी कुमारी गुरुङको रहेको थियो भने प्रमुख अतिथि मादी नगर उपप्रमुख सुनिता देवि दाहाल भट्टराई रहेको थियो ।

अतिथि मादी नगरपालीकाका प्रशकिय प्रमुख जितमान जीमी, मादी नगरपालीकाका कार्यपालीका सदस्यहरु, नगरसभा सदस्यहरु, नेपाल महिला स्वस्थ्य स्वयं सेविका मादीनगर पदाधिकारी, मादी नगरपालीकाका कर्मचारी, मादी नगरपालीकाका ९ वटै वडाका प्रशिक्षकहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img