Saturday, May 17, 2025
देशकोशी प्रदेशटेम्केमैयुङ गाउँपालिकाले लागू गर्‍यो स्थानीय पाठ्यपुस्तक
spot_img

टेम्केमैयुङ गाउँपालिकाले लागू गर्‍यो स्थानीय पाठ्यपुस्तक

spot_img

भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक लागू गरेको छ । दुई वर्ष अगाडि नै स्थानीय आवश्यकतामा आधारित स्थानीय पाठ्यक्रम विकास गरी लागू गरेको गाउँपालिकाले सोही पाठ्यक्रमका आधारमा तयार पारिएको ‘हाम्रो टेम्केमैयुङ’ नामक स्थानीय पाठ्यपुस्तक यसै शैक्षिक सत्रको आरम्भदेखि लागू गरेको हो ।

स्थानीय पाठ्यक्रम पहिलो चरणमा कक्षा एकदेखि तीनसम्म लागू गरिएको छ । बाँकी कक्षा ४ देखि ८ सम्म यसै वर्ष पाठ्यपुस्तक तयार पारी आगामी शैक्षिक सत्रदेखि लागू गरिने योजना रहेको छ ।

आफ्नो भूगोल, परिवेश, पर्यटन, कृषि, भाषा, संस्कार-संस्कृति, रैथाने सीप, कला र प्रविधिलगायत बारेमा गाउँपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीलाई ज्ञान प्रदान गरी विद्यार्थीको मनमा आफ्नोपनको माया जागृत गराई आफ्नै ठाउँमा संभावनाको खोजी गर्ने योग्य नागरिक बनाउने उद्देश्यले स्थानीय पाठ्यपुस्तक तयार गराई पठनपाठन सुरु गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतलेजानकारी दिए ।

‘बजेटको सीमितताका यसपालि कक्षा एकदेखि तीनसम्म मात्रै स्थानीय पाठ्यपुस्तक तयार पारी लागू गरिएको छ । बाँकी कक्षा चारदेखि आठसम्म यसै वर्ष पाठ्यपुस्तक तयार पारी आगामी शैक्षिक सत्रदेखि लागू गरिने योजना रहेको छ’, अध्यक्ष बस्नेतले भने ।

टेम्केमैयुङ गाउँपालिको ‘हाम्रो टेम्केमैयुङ’ नामक पाठ्यपुस्तक सभ्यता अन्वेषण केन्द्र, काठमाडौंको परामर्श सेवा तथा उक्त केन्द्रमा आबद्ध पाठ्यपुस्तक लेखकहरू जिचेन स्याङ्तान, प्रकाश खड्का, मीमबहादुर परियार र कविता राईको लेखनमा तयार भएको हो । पाठ्यपुस्तकको सम्पादन प्राडा.प्रेमकुमार खत्री र प्राज्ञ शशि लुमुम्बूले गरेका हुन् ।

टेम्केमैयुङ गाउँपालिको ‘हाम्रो टेम्केमैयुङ’ नामक पाठ्यपुस्तक करिब साढे एक दर्जन स्थानीय तहका स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन गरिसकेका विज्ञहरूको सहयोगमा तयार पारिएको पालिकाले जनाएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img