काठमाडौं : सप्तरीको खडक नगरपालिका -८ मुसहरनियाबाट करिब ८ सय ग्राम अवैध लागूऔषध र गाँजा सहित खडकमा बस्ने ५६ वर्षका महेश्वर ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय सप्तरीको कल्याणपुरबाट खटिएको प्रहरीले ठाकुरको घरको खानतलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको छ । यश पक्राउको विषयमा कल्याणपुरका प्रहरीले थप अनुसन्धान पनि गरेको छ ।