Saturday, May 17, 2025
देशकोशी प्रदेशबेलबारी नगर अस्पतालमा सेवाग्राहीको गुनासो बढ्दो, सेवा थप खस्किँदै
spot_img

बेलबारी नगर अस्पतालमा सेवाग्राहीको गुनासो बढ्दो, सेवा थप खस्किँदै

spot_img

मोरङ – मोरङको बेलबारी–१ स्थित बेलबारी नगर अस्पतालप्रति बिरामी र सेवाग्राहीहरूको गुनासो दिनप्रतिदिन बढ्दै गएको छ। अस्पतालले बिरामीलाई गलत रिपोर्ट दिने, समयमा रिपोर्ट नदिने, र औषधि उपलब्ध नगराउने जस्ता समस्याले अस्पतालप्रतिको विश्वास घट्दै गएको छ।

बिरामी र उनका आफन्तहरूले अस्पतालले बिरामीको उपचारमा लापरवाही गर्दै आएको, विशेषज्ञहरूले समयमा नहेर्ने, र चेकजाँचको पालोमा गडबडी गर्ने आरोप लगाएका छन्। जानपहिचान र भनसुनका आधारमा पछिका बिरामीलाई प्राथमिकता दिने गरेको गुनासो पनि बिरामीका आफन्तहरूले गरेका छन्।

बेलबारी नगरपालिकाद्वारा सञ्चालित अस्पतालले औषधी बिक्री कक्ष सञ्चालन गर्नुपर्ने भएपनि ठेक्कामा औषधी पसल भाडामा दिएको र केही व्यक्तिहरूले कमिसन लिएको दाबी स्थानीय स्रोतले गरेको छ। साथै, बिरामीलाई कमसल औषधी दिने गरिएको र तिनले असर नगरेको बिरामीहरूले बताउँदै आएका छन्।

शनिबार र अन्य बिदाका दिन अस्पताल बन्द हुने, र रात्रीकालीन सेवा उपलब्ध नहुनुले पनि नगरवासीहरूलाई थप समस्या परेको गुनासो गरिएको छ। यी सबै आरोप र गुनासोका कारण बेलबारी नगर अस्पतालमा सुधारको संकेत भन्दा पनि सेवामा झनै गिरावट आएको छ।

सम्बन्धित निकायले यसप्रति ध्यान नदिए बेलबारी नगरवासीहरूको स्वास्थ्य सेवामा थप संकट आउनसक्ने चिन्ता जनाइएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img