देशकोशी प्रदेशबेलबारी नगर अस्पतालमा सेवाग्राहीको गुनासो बढ्दो, सेवा थप खस्किँदै

बेलबारी नगर अस्पतालमा सेवाग्राहीको गुनासो बढ्दो, सेवा थप खस्किँदै

मोरङ – मोरङको बेलबारी–१ स्थित बेलबारी नगर अस्पतालप्रति बिरामी र सेवाग्राहीहरूको गुनासो दिनप्रतिदिन बढ्दै गएको छ। अस्पतालले बिरामीलाई गलत रिपोर्ट दिने, समयमा रिपोर्ट नदिने, र औषधि उपलब्ध नगराउने जस्ता समस्याले अस्पतालप्रतिको विश्वास घट्दै गएको छ।

बिरामी र उनका आफन्तहरूले अस्पतालले बिरामीको उपचारमा लापरवाही गर्दै आएको, विशेषज्ञहरूले समयमा नहेर्ने, र चेकजाँचको पालोमा गडबडी गर्ने आरोप लगाएका छन्। जानपहिचान र भनसुनका आधारमा पछिका बिरामीलाई प्राथमिकता दिने गरेको गुनासो पनि बिरामीका आफन्तहरूले गरेका छन्।

बेलबारी नगरपालिकाद्वारा सञ्चालित अस्पतालले औषधी बिक्री कक्ष सञ्चालन गर्नुपर्ने भएपनि ठेक्कामा औषधी पसल भाडामा दिएको र केही व्यक्तिहरूले कमिसन लिएको दाबी स्थानीय स्रोतले गरेको छ। साथै, बिरामीलाई कमसल औषधी दिने गरिएको र तिनले असर नगरेको बिरामीहरूले बताउँदै आएका छन्।

शनिबार र अन्य बिदाका दिन अस्पताल बन्द हुने, र रात्रीकालीन सेवा उपलब्ध नहुनुले पनि नगरवासीहरूलाई थप समस्या परेको गुनासो गरिएको छ। यी सबै आरोप र गुनासोका कारण बेलबारी नगर अस्पतालमा सुधारको संकेत भन्दा पनि सेवामा झनै गिरावट आएको छ।

सम्बन्धित निकायले यसप्रति ध्यान नदिए बेलबारी नगरवासीहरूको स्वास्थ्य सेवामा थप संकट आउनसक्ने चिन्ता जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img