देशकोशी प्रदेशइलाममा पहिरो : एकै परिवारका पाँचजना बेपत्ता, पुल समेत बगायो बाढी

इलाममा पहिरो : एकै परिवारका पाँचजना बेपत्ता, पुल समेत बगायो बाढी

इलाम | अविरल वर्षापछि इलामका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य राति घरमै हुँदा भीषण पहिरोमा परेर बेपत्ता भएका छन्। निरन्तर वर्षासँगै माथिबाट आएको पहिरोले उनीहरूको घर नै पुर्दा सम्पर्कविहीन बनेको स्थानीयले बताएका छन्।

शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता भएका छन्। घरभित्रै भएको बेला पहिरो बगाएर लैजाँदा खोजी कार्य जारी रहेको छ।

देउमाई नगरपालिका–५ धुसेनीका पाँच जना पहिरोमा परेर ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको इलाम प्रहरीले जनाएको छ। उद्धारका लागि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको भए पनि लगातारको वर्षाले खोजीमा कठिनाइ भइरहेको छ।

अविरल वर्षाका कारण मेची राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि इलाम–भद्रपुर र इलाम–फिदिम सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्। सडक अवरुद्ध भएपछि इलामका पहाडी बस्तीहरू सम्पर्कविहीन बनेका छन्।

त्यस्तै, देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाको सीमामा पर्ने देउमाई खोलाको पुल राति आएको बाढीले बगाएको छ। आसपासका केही घरहरू समेत बाढीले बगाएको स्थानीय सुरेन्द्र लिम्बुले जानकारी दिए।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img