देशकोशी प्रदेशसप्तकोसीमा बाढीको सतर्कता तह नाघ्यो, चतराका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

सप्तकोसीमा बाढीको सतर्कता तह नाघ्यो, चतराका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

सुनसरी | निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव सतर्कता तह नाघेको छ। जल तथा मौसम विज्ञान विभागले सुनसरीको चतरासहित आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले आइतबार बिहान पाँच बजे जारी गरेको सूचनामा पछिल्ला घण्टामा लगातार वर्षा जारी रहेकाले नदीको जलस्तर तीव्रगतिमा बढ्दै गएको जनाएको छ। सूचनामा भनिएको छ, “सप्तकोसी चतरामा बहाव सतर्कता तह पार गरेको छ। भारी वर्षा भइरहेकाले र आज बेलुकासम्म निरन्तर रहने भएकाले कोसी नदीमा बाढी बढिरहेको छ। बाढी र डुबान हुने क्षेत्रहरूमा अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।”

विभागले बाढी सम्भावित क्षेत्रका स्थानीय बासिन्दा, सुरक्षा निकाय तथा विपद् व्यवस्थापन निकायहरूलाई आवश्यक तयारी र सतर्कता अपनाउन समेत आग्रह गरेको छ।

मौसम पूर्वानुमान अनुसार, पूर्वी पहाडी र तराईका क्षेत्रमा आज पनि मध्यमदेखि भारी वर्षा जारी रहने सम्भावना रहेको छ। यसले कोसी नदीको जलस्तर थप बढ्ने जोखिम कायमै रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img