Sunday, April 20, 2025
देशकोशी प्रदेशपुर्व-पश्चिममा बरूवा बसपार्क सञ्चालनमा
spot_img

पुर्व-पश्चिममा बरूवा बसपार्क सञ्चालनमा

सुनसरी : उदयपुरको त्रियुगा नगरपालिका-१३ को गाईघाटस्थित पूर्वी क्षेत्रको बरुवा नदी किनार क्षेत्रमा निर्माण गरिएको पूर्व–पश्चिम बरुवा बसपार्क बिहीबारदेखि
औपचारिकरूपमा सञ्चालन सुरु हुने भएको छ ।

हिजो बिहीबार त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरेसँगै जिल्लाको मात्र नभई प्रदेश-१ नम्बरको नै बृहत् क्षेत्रफलमा फैलिएको बसपार्क सञ्चालन भएको त्रियुगा नगरपालिकाले बताएको छ ।

मदन भण्डारीमार्गअन्तर्गत उदयपुरको गाईघाट भएर सञ्चालन हुने रात्रिसेवाका बस पार्किङ व्यवस्थापन र बस सञ्चालन गर्नेगरी बिहीबारदेखि बसपार्कबाट रात्रिसेवाका बस सञ्चालन सुरु गरिएको छ ।

बसपार्क झण्डै १४ बिघा क्षेत्रफलमा फैलिएको छ भने आठ बिघा क्षेत्रफलमा बसपार्कको भौतिक संरचनासहित टिकट काउण्टर, चमेनागृहसहित अन्य भौतिक संरचना निर्माण भएका छन् । बरूवा बसपार्क बाट काठमाडौं जाने बास पनि छुट्ने छ । हाम्रो कोशी आवाजले जानकारी दिएको छ ।-/File Photo

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img