देशकोशी प्रदेशधरानको तिनकुनेमा कार र बस जुधे

धरानको तिनकुनेमा कार र बस जुधे

सुनसरी : धरान उपमहानगरपालिका-८ स्थित तीनकुने छेउमा कार र बस जुध्दा दुईजना घाइते भएका छन् । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

दुर्घटनामा ५७ वर्षीय कमल पौडेल र उनकी श्रीमती ५४ वर्षीय अन्नपूर्ण पौडेल घाइते भएका छन् । उनीहरु कारमा सवार थिए भने अपरान्ह ४:४५ बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख २१८८ नम्बरको बस र प्रदेश ३-०१-०२३ च ३८९४ नम्बरको कार धरानतर्फ आउँदै गरेको अवस्थामा एक आपसमा जुधेका थिय ।

यस्तै, बसमा सवार तीनजना यात्रु पनि घाइते भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिएका छन् । उनले कारमा सवार घाइतेमध्ये कमलको दाहिने घुँडामा चोट लागेको जानकारी दिए छन् भने उनकी श्रीमतीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

तीब्र गतिमा रहेका दुवै सवारी एक आपसमा जुधे र बसको अगाडिको दायाँतर्फको चक्का नै उछिट्टएको छ भने कारको पनि अगाडिको चक्का उछिट्टएको छ भने कारको एयरब्याग खुलेको कारण कारमा सवार चालक र यात्रु दुवैको जोगिएका छन् शेखरनाथ जोगीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img