Wednesday, February 12, 2025
देशकोशी प्रदेशमोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृ´त्यु

मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृ´त्यु

सुनसरी : मोरङको बुढिगंगामा मोटरसाइकलले ठक्कर दिँदा पैदल हिडिरहेका एक भारतीय व्यक्तिको मृ´त्यु भएको छ ।

प्र१-०२-०४२ प ४२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिक ४० वर्षीय दिनेश पटेलको मृ´त्यु भएको ट्राफिक प्रहरी कार्यलय मोरङले जनाएको छ । तीव्र गतिमा रहेको मोटरसाइकलले कोशी लोकमार्गअन्तर्गत बूढीगंगा-१ गंगा चोकमा भारतीय नागरिकलाई ठक्कर दिँदा पैदल हिडिरहेका पटेल गम्भीर घाइते भएका थिए ।

सडक पार गर्दै गरेको अवस्थामा उनलाई हिजो आइतबार राति ८ बजेतिर मोटरसाइकलले ठक्कर दिएको हो । पटेलको उपचारका क्रममा बूढीगंगाको विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृ´त्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका-४ का ३० वर्षीय अशोक अधिकारी सामान्य घाइते भएका थिय । चालकको विराट शीक्षण अस्पतालमा उपचार भईरहेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस