इटहरी : यहीँ पौष १५ गतेदेखि सुनसरी जिल्ला स्तरीय ए डिभिजन लिग कम नक आउट फुटबल प्रतियोगिता इटहरी रंगशालामा हुने भएको छ । कोरोना भाइरल संक्रमणका कारण दुईवर्ष देखि हुन नसकेको खेल यहीँ पौष १५ गतेदेखि २५ गतेसम्म हुन लागेको छ ।
१० दिनसम्म चल्ने प्रतियोगितामा सहभागीमा आठ टिमलाई दुई समूहमा छुट्टाएको छ । समूह क मा गोधुली क्लब धरान , एलेभन एरोज क्लब दुहबी , न्यु स्टार क्लब बराहक्षेत्र र गोल्डेन स्टार क्लब दुहबी रहेका छन् । समूह ख मा धरानको टेम्के फुटबल क्लब , धरान मै रहेको धरान फुटबल क्लब धरान , इटहरी फुटबल क्लब र राष्ट्रिय जागृती क्लब र इटहरी फुटबल क्लब रहेको एन्फा सुनसरीले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा हुन लागेको ए डिभिजन जिल्ला लिगमा सुनसरीका आठ टिमले प्रतिष्पर्धा गर्ने इटहरी सुनसरी एन्फाका अध्यक्ष केशव कार्कीले जनाएका छन् ।
१७ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको लिगको फाइनल खेल बिजेताले ५१ हजार नगद पुरस्कार पाउँदा उपबिजेता टिमले ३० हजार रूपैयाँ पुरस्कार पाउने एन्फा सुनसरी महासचिव भेषराज कार्कीले जनाएका छन् । त्यस्तै ए डिभिजन लिग सकिए पछि जिल्लास्तरिय बी डिभिजन लिग सुरू गरिने एन्फा सुनसरी कोषाध्यक्ष कोबिदजंग कार्कीले बताए ।