सुनसरी : संखुवासभाको भोटखोला गाउँपालिका-५ लुङसुङमा आगलागीमा परेर एक युवकको मृ´त्यु भएको छ ।
गाईवस्तु बाँध्ने गोठमा आगो लाग्दा जलेर स्थानीय २३ वर्षीय पङ्खामान राईको मृ´त्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।साथीहरुसँग काठ चिर्न जङ्गल गएको बेला गोठमा बास बस्दा घटना भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जनाएका छन् ।
घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको छ भने यश विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।